मंगलबार, भदौ २, २०८३

ओलीलाई भेट्न प्रधानमन्त्री देउवाको टोली बालकोटमा

प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवाको टोली बालकोट पुगेको छ। एमसीसीका विषयमा सहमति जुटाउनका लागि दौडधुपमा लागेका कांग्रेस नेताहरु बालकोट पुगेका हुन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं-  प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवाको टोली बालकोट पुगेको छ। एमसीसीका विषयमा सहमति जुटाउनका लागि दौडधुपमा लागेका कांग्रेस नेताहरु बालकोट पुगेका हुन्।

प्रधानमन्त्री देउवा पनि बालकोटा जाने भनिए पनि पुगेका छैनन्। कांग्रेसका नेता एवम् सञ्‍चारमन्त्री ज्ञानेनद्रबहादुर कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट पुगेका हुन्। बालकोटमा  छलफल सुरु भएको छ। 

प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउन यही फागुन ५ गतेदेखि निरन्तर एमाले अध्यक्ष ओलीलाई भेटेर आग्रह गरिरहेका छन्। 

फागुन ५ गते उनी पत्‍नी डा. आरजु राणा देउवा साथमा लिएर बालकोट पुगेका थिए। सोही दिन प्रधानमन्त्रीको सरकारी निवसा बालुवाटारमा भएको पाँचदलीय गठबन्धनको वार्तामा एमसीसी पारितका लागि सहमति नजुटेपछि उनी प्रमुख प्रतिपक्षलाई समर्थनका लागि आग्रह गरिरहेका छन्। 

त्यसअघि फागुन ५ गते बिहान प्रधानमन्त्री देउवाले कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई ओलीसँग वार्ता गर्न बालकोट पठाएका थिए। त्यससँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन संवाद गरेका थिए।

यसअघि शुक्रबार राति भएको छलफलमा पनि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच लोकतन्त्र जोगाउनका लागि एक ठाउँमा उभिने कुरामा सहमत भएका थिए। 

त्यसयता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटक छलफल भइसकेको छ। गत बिहीबार प्रतिनिधि सभा बैठक स्थगन गरेर उनले ओलीसँग संसद् भवनमै अवरुद्ध संसद् सञ्चालन तथा एमसीसी अनुमाेदनबारे छलफल गरेका थिए। 

सोही दिन बेलुकी उनीहरुबीच बालुवाटारमा पनि छलफल भएको थियो। यस्तै शुक्रबार बेलुकी मात्र प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमै वार्ता भएकाे थियो। 

प्रकाशित: Feb 26, 2022| 17:40 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...