मंगलबार, भदौ २, २०८३

केपी ओली फेरि सत्तामा आए नेपाल सिध्याउँछन् : माधवकुमार नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इन्डो-प्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दाबीसमेत गरेका थिए। 

शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो-प्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए। 

ओली सत्तामा आए इन्डो प्यासेफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उनले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागिपरेको उनको भनाइ छ। अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञासमेत दिएका थिए। ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे।

नेपालको भनाइ उनकै शब्दमा

वामपन्थी र लोकतान्त्रिक शक्तिको एउटा गठबन्धन अहिलेसम्म छ। के होला भोलिभन्ने सबैको मनमा कौतुहल चलिरहेको छ। र, कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन्, सर्त राखेर। कस्तो सर्त भन्दाखेरी पूर्वाग्रहपूर्ण सर्त छ। सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्ट्याएर निकाल्नुपर्छ। माधव नेपालसहितको १४ जनालाई सिध्याई दिनुपर्छ। मुन्टयाएर निकाली दिनुपर्छ। कस्तो अपराधपूर्ण चिन्तन? अनि यस्ता चिन्तन राख्ने मानिसहरु पानी मुनि लुकेर बसेका छन् भने पनि सिध्याउछु भनेर कराउँछन्। यस्ता खालका तत्वहरु नेपाली समाजमा, राजनीतिमा कहाँबाट आए? घाडो भईदिए। यस्ता घाडोको विरुद्धमा हातेमालो गर्दै अगाडि बढन सक्ने हो भने मात्रै नेपाल सुरक्षित हुन सक्दछ। नेपाललाई सुरक्षित राख्ने हो भने, नेपालको राजनीतिलाई सही दिशामा लिएर जाने हो भने यस्ता तत्वहरुबाट होशियार रहनुपर्छ।

अहिले हामी देशको हितको रक्षा गर्नुपर्ने कर्तव्यबाट अभिप्रेरित छौं भने अर्कोतर्फ यो प्रगतिशील गठबन्धनलाई जोगाउनुपर्ने उद्देश्य पनि राखिरहेका छौं। यस अर्थमा यो गठबन्धनलाई जसरी पनि तोड्न खोज्ने तत्वलाई हामी पराजित गर्न चाहन्छौं। एमसीसीको खुलेआम पक्षमा रहेर जाने तत्वहरु को हुन्? जनताले चिनिसकेका छन्। र, त्यसमा हाम्रो पार्टी एकीकृत समाजवादीले भनिसकेको छ–एमसीसीलाई यथास्थितिमा हामी पास गर्न सक्दैनौं। अब कुरा के हो त? एमसीसी कहाँकहाँ जोडिएको छ त? यो इन्डोप्यासेफिक अंग बनाएर आएको छ।

यो अंग बनायो कसले? त्यही वामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदीप ज्ञवालीले गएर नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए। त्यसपछि नेपाल नेपाल त्यसको अंग बन्यो। पछि श्रीलंकाको नाम काटियो। नेपालको नाम रह्यो। जब नेपालमा त्यसको हामीले जोडदार विरोध गर्‍यौं। त्यसैको कारण अहिले बल्ल त्यसमा नेपालको नाम काटिन पुगेको छ। यो नेपाली जनताको संघर्षबाट भएको हो।

केपी ओलीले सिध्याई सकेका थिए, नेपाललाई इण्डो प्यासेफिक अंग बनाउनका लागि। त्यो कुरा आम मान्छेको दिमागमा अहिले पनि झल्झल्ती छ। केपी आएपछि त फेरी सिध्याई दिन्छन्। फेरी बनाई दिन्छन्। त्यो हुनाले हामी रह्यौं भने त्यो बन्दैन।

प्रकाशित: Feb 26, 2022| 15:17 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...