मंगलबार, भदौ २, २०८३

एमसीसीका कारण राजनीतिक उपलब्धि गुम्ने खतरा बढ्यो : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लामो संघर्षपछि प्राप्त उपलब्धि एमससीसीका कारण गुम्ने खतरा बढेको बताएका छन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लामो संघर्षपछि प्राप्त उपलब्धि एमससीसीका कारण गुम्ने खतरा बढेको बताएका छन्। नेपाल दलित मुक्तिमोर्चाले शनिबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिलेको पाँच दलीय गठबन्धनलाई उपलब्धि भन्दै त्यो गुम्ने खतरा रहेको बताएका हुन्।

प्रचण्डले भने, 'संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षा गर्न भनेर गठबन्धन बनाइएको हो। गठबन्धन बनाउँदा र न्यूनतम साझा कार्यक्रम तयार गर्दा एमसीसी थिएन। अहिले एमसीसीका कारण गठबन्धन नटुटोस् भनेर हामी लागिरहेकै छौं। प्रतिगमनकारी शक्तिको गठबन्धन नबनोस् भनेर लागेका छौं। गठबन्धन पनि नटुटोस् र एमसीसी पनि सेटल होस् भनेर विकल्पमा हामी छलफल गर्दैछौं।'

आज पनि गठबन्धनका दलहरुबीच छलफल हुने जानकारी उनले दिए।

प्रचण्डले आफूहरु अहिले रक्तपातविहीन युद्धमा रहेको बताए।  ‘अहिले हामी रक्तपातहीन युद्धमा छौं। हिंसामा छैनौं, बन्दुक लिएर हिँडेका छैनौं तर युद्ध जारी छ। युद्ध रोकिएको छैन,’ उनले भने।

प्रकाशित: Feb 26, 2022| 11:17 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...