काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले एमसीसीका विषयमा आज निर्णय लिने भएको छ। जारी केन्द्रीय कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा छलफल गरिरहेको छ। बैठकको आजको मूल एजेन्डा नै एमसीसी रहेकाले उसले आज त्यस विषयमा ठोस निर्णय लिने बताइएको छ।
शुक्रबारदेखि ललितपुरमा जारी बैठकमा कार्यकारिणी सदस्यहरूलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो।
पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छन्। अध्यक्ष उपेन्द्र यादव भने एमसीसीका विषयमा मौन देखिएका छन्।
आन्तरिक विवादमा रहेको जसपाको कार्यकारिणी बैठक तीन महिनापछि शुक्रबार बसेको हो।