आइतबार, फागुन १७, २०८२

सुदूरपश्चिम लोकसेवाले चैतमा विज्ञापन आह्वान गर्ने

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। गठन भएको एक वर्षपछि आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरिएको हो।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

धनगढी- प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। गठन भएको एक वर्षपछि आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरिएको हो। 

आयोगका सचिव दुर्गादत्त बिष्टले चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी कार्यतालिका तयार पारिएको बताएका छन्। 

उनका अनुसार वन सेवा, जनरल फरेष्टी, वन रक्षक र तह विहीन समूहतर्फ फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, फागुनमै प्रतिशत निर्धारण गर्ने र चैतको दोस्रो बुधबार विज्ञापन खोल्ने तालिका तयार भएको छ। 

यस्तै विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरूका लागि फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र बैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ। 

सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका रहेको बताइएको छ।

kumari

प्रकाशित: Feb 26, 2022| 07:10 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।