मंगलबार, भदौ २, २०८३

बालकोट बैठक : लोकतन्त्र जोगाउन एकैठाउँ उभिन कांग्रेस-एमाले सहमत

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा दुबै दल लोकतन्त्र जोगाउनका लागि एक ठाउँमा उभिन सहमत भएका हुन्।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा दुबै दल लोकतन्त्र जोगाउनका लागि एक ठाउँमा उभिन सहमत भएका  छन्। 

एमाले अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवा र ओलीबीच लोकतन्त्रका लागि एकैठाउँमा उभिने सहमति भएको बैठकबाट बाहिरिएका नेताहरुले जानकारी दिएका हुन्। 

छलफलमा दुई नेताबीच धेरै ठूलो संघर्ष गरेर प्राप्त गरेका लोकतन्त्र, बचाउन प्रजातान्त्रिक शक्ति एक ठाउँमा आउन जरुरी रहेकोमा र त्यसका लागि दुबै दल एक ठाउँमा उभिन सहमत भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

त्यसैगरी प्रधानमन्त्री ओलीले अधिकतम सहमतिका साथ एमसीसी संसद्‌बाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौं भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए।

ओलीको भनाइ उदृत गर्दै सञ्‍चारमन्त्री कार्कीले भने, 'पहिला हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्,प्रतिनिधि सभा प्रवेश गर्नेद्वार खोजिदिनुस्। त्यसपछि एमसीसी अधिकतम सहमतिका साथ पारित गर्नुपर्छ।’

छलफलपछि एमाले नेता तथा उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमाले एमसीसीमा अनिर्णित नरहने तर त्यो भन्दा अघि आफूहरुले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले टाँस गर्नुपर्ने कुरा राखेको जानकारी दिए। उनले भने, 'एमाले अनिर्णित रहँदैन र स्पस्ट दिशा पनि दिन्छ । तर त्यसका लागि सदनमा छलफल गर्ने वातावरण हुनुपर्‍यो।’

एमसीसीका विषयमा सत्ता साझेदार दलहरुबीच नै खटपट देखिएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफल अघि बढाएका हुन्। यसअघि प्रधानमन्त्ती देउवाले बालुवाटारमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए। 


प्रकाशित: Feb 25, 2022| 21:32 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...