मंगलबार, भदौ २, २०८३

बालकोट वार्तापछि मन्त्री कार्कीले भने- भेटघाटको क्रम जारी रहन्छ

'समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने बृहत् छलफल जरुरी छ। हाम्रो भेटघाटको क्रम जारी रहन्छ,' सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै मन्त्री कार्कीले भने।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको छलफल सकिएको छ। एमाले अध्यक्ष निवास बालकोटमा भएको दुई दलका शीर्ष नेतााहरू सम्मिलित छलफलपछि सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले दुई दलका नेताहरूबीच भेटघाट जारी रहने बताएका छन्।

'समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने बृहत् छलफल जरुरी छ। हाम्रो भेटघाटको क्रम जारी रहन्छ,' सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै मन्त्री कार्कीले भने।

दुवै दलका नेताहरूबीच करिब २ घण्टा छलफल भएको हो। 

यस्तै बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमालेका नेता प्रदीप ज्ञवालीले भने आजको बैठकमा सरकार तथा कांग्रेसका नेताहरूले ठोस प्रस्ताव नल्याएको दाबी गरे। 'आजको बैठकमा ठोस प्रस्ताव आएन। अर्को बैठकमा आउँछ कि,' ज्ञवालीले भने। 

छलफलमा लोकतन्त्र प्राप्तीका लागि लडेका शक्तिबीच सहकार्य हुनुपर्नेमा दुवै दल सहमत भएको भएपनि ठोस कुराकानीको विषय भने नेताहरुले खुलाएका छैनन्।

प्रकाशित: Feb 25, 2022| 21:20 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...