बुटवल- बहुजन शक्ति पार्टीको अध्यक्षमा विश्वेन्द्र पासवान पुनः निर्विरोध चयन भएका छन्। शुक्रबार रुपन्देहीमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनबाट पासवान पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।
अधिवेशनले २५१ सदस्य केन्द्र समिति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्षमा राम सुभग हरिजन, संजय कुशवाहा, महासचिवमा नवल बहादुर भुल र कोषाध्यक्षमा टुकलाल नेपाली सर्वसम्मत भएका छन्। अधिकांश पदमा पूरानै नेताहरु दोहरिएका छन्।
लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित बहादुरगन्जमा उद्घाटन भएको बहुजनको बन्दसत्र भैरहवामा भएको थियो। तराईका दलित समुदायलाई केन्द्रित गरी पासवानले बहुजन शक्ति पार्टी स्थापना गरेका हुन्।