मंगलबार, भदौ २, २०८३

शेखर समूहले टुंग्यायो १० जिल्लाका सभापति उम्मेदवार

नेपाली कांग्रेसमा शेखर कोइराला समूहले अधिवेशन हुन बाँकी १६ मध्ये १० जिल्लाका उम्मेदवारको टुंगो लगाएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- नेपाली कांग्रेसमा शेखर कोइराला समूहले अधिवेशन हुन बाँकी १६ मध्ये १० जिल्लाका उम्मेदवारको टुंगो लगाएको छ। कोइराला समूहको शुक्रबारको बैठकले सप्तरी, सिरहा, सर्लाही, धनुषा, मकवानपुर, बाँके, सिन्धुपाल्चोक, नवलपुर,  अछाम र बारा जिल्लाका जिल्ला सभापतिको उम्मेदवार तय गरेको हो। 

कोइराला समूहबाट सप्तरीमा रामदेव साहले जिल्ला सभापतिका लागि उम्मेदवारी दिने भएका छन्। सिराहमा रामसुन्दर चौधरी सभापतिको उमेदवार बन्नेछन्। धनुषामा दिनेश प्रसौला र सर्लाहीमा लक्ष्मण रायलाई सभापतिको उमेदवार बनाउने निर्णय समूहले गरेको छ।

यस्तै, मकवापुरमा जयराम लामिछाने, बाँकेमा नारायण गौडेल, सिन्धुपाल्चोकमा वंशलाल तामाङ कोइराला पक्षबाट उम्मेदवार बन्न भएका छन्। यसैगरी, नवलपुरमा महेन्द्रध्वज जीसी सभापतिको उमेदवार बन्नेछन्। 

बैठकले अछाममा शेरबहादुर देउवानिकट भरत सवारलाई सहयोग गर्ने निर्णय गरेको छ। यस्तैमा बारामा सहमहामन्त्री उमाकान्त चौधरी निकट मानिने रामानन्द यादवलाई सहयोग गर्ने निर्णय भएको छ। बाँकी ६ जिल्लामा भने उम्मेदवारका विषयमा छलफल भइरहेको छ। 

गत मंसिरमै केन्द्रीय महाधिवेशन भएपनि केही निर्वाचन क्षेत्र र जिल्लामा अधिवेशन अहिलेसम्म भएको छैन। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेश २ का सबै सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको अधिवेशन भएको छैन। त्यसैगरी सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको पनि जिल्ला अधिवेशन हुन बाँकी छ।

यी १६ जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जानकारी दिएको छ। 

प्रकाशित: Feb 25, 2022| 19:44 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...