मंगलबार, असोज १, २०८१

प्रचण्डको 'ट्विस्ट'ले पार्टीमा असन्तुष्टि

माधवकुमार नेपालसँग छलफल पछि बालुवाटार पुगेका प्रचण्डले सत्ता गठबन्धन पनि नभत्कने र एमसीसी पारित पनि हुने गरी विकल्प अघि सारेपछि गठबन्धनको विवाद मत्थ हुने संकेत देखिएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं– केही सातायता संसद्भित्रको राजनीति तातेको छ। संसद्भित्र दलहरुको दाउपेच जति बढ्दो छ, सडक पनि उसै गरी तातेको छ। र, यो परिदृश्यको कारण हो– एमसीसी सम्झौता अनुमोदनको विवाद। 

triton college

एमसीसीको सन्दर्भमा सत्तापक्ष नै विभाजित बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनी नेतृत्वको दल नेपाली कांग्रेसको एमसीसी अनुमोदन गरिछाड्ने पक्षमा छन्। तर सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी पास नगर्ने अडानका कारण विवाद सिर्जना भएको हो। 

एमसीसीको सन्दर्भमा दलहरूबीचको विवाद सडकसम्मै छताछुल्ल भएको छ। संसद् बाहिरका राजनीतिक शक्ति सडकमा आएकै थिए, सत्ता साझेदार दलकै कार्यकर्ता सडकमा आन्दोलित बनेका थिए। जसका कारण सत्ता गठबन्धनकै मत विभाजित बनेको हो। 

माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन एमसीसीको मतदानमा सहभागी नजनाउने तर एमसीसीलाई पारित गर्न सहयोग गर्ने संकेत देखाएका छन्। यसका लागि उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्रीसँग पनि छलफल गरिरहेका छन्। माधवकुमार नेपालसँग छलफल पछि बालुवाटार पुगेका प्रचण्डले सत्ता गठबन्धन पनि नभत्कने र एमसीसी पारित पनि हुने गरी विकल्प अघि सारेपछि गठबन्धनको विवाद मत्थ हुने संकेत देखिएको छ। 

माओवादीमा असन्तुष्टि

Metro Mart
vianet

एमसीसी पारित हुन सक्ने गरी प्रचण्डले प्रयास गरिरहँदा उनको दल नेकपा माओवादी केन्द्रकै केही नेताहरू भने रुष्ट देखिएका छन्। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास गराउने सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको दाबी गरेका छन्। माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत गर्ने बेला संसद् बैठक बहिष्कार गरेर सहयोग गर्ने भनेर गलत प्रचार भइरहेको उनको दाबी छ। 

पार्टीको आठौं महाधिवेशनले एमसीसीमा स्वाधीनता राष्ट्रहित प्रतिकूलका प्रावधान रहेकाले यथास्थितीमा स्वीकार गर्ने र संसद्बाट पारित नगर्ने निर्णय लिएकाले त्यो निर्णय कायमै रहेको उनको दाबी छ। संसद्मा पेस भएको एमसीसी सम्झौतालाई माओवादीले विफल पार्न विपक्षमा मतदान गर्ने उनको जिकिर छ। 

‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरुबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्विकार नगर्ने र संसदबाट पारित नगर्ने। हामी त्यसैमा कायम छौं। संसदमा यो पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई विफल पार्न विपक्षमा मतदान गर्छ,’ उनले भनेका छन्, ‘यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद् बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो। कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यम मार्फत चलाउँदैछ? सावधान!’ 

प्रकाशित: Feb 25, 2022| 19:28 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...