मंगलबार, भदौ २, २०८३

स्थानीय चुनावका लागि ४० दलले दिए निवेदन

स्थानीय तह निर्वाचन प्रयोजनका लागि शुक्रबार दिउँसोसम्ममा ४० वटा दलले दर्ताका लागि निवेदन दिएका छन्।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- स्थानीय तह निर्वाचन प्रयोजनका लागि शुक्रबार दिउँसोसम्ममा ४० वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ताका लागि निवेदन दिएका हुन्। 

निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको पनि स्थानीय तह निर्वाचनका लागि आयोगले फागुन १५ गतेभित्र आयोगमा निवेदन दिन भनेको छ। 

शुक्रबारै नेकपा (एमाले)ले पनि स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएको छ। शुक्रबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आयोगको कार्यालय पुगेर दल दर्ता गराएको हो। दल दर्ता पछि महासचिव पोखरेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गरेका थिए। 

सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको छ।

प्रकाशित: Feb 25, 2022| 15:00 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...