मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी र नेकपा एसले पहिल्याए एमसीसी पास गर्ने र गठबन्धन जोगाउने 'मध्यमार्ग'

माओवादी र नेकपा एसले पहिल्याए एमसीसी पास गर्ने र गठबन्धन जोगाउने 'मध्यमार्ग'

एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेस गर्दा दुवै दलले बैठक बहिष्कार गर्ने रणनीति बनाएका छन्। यो रणनीतिका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत जानकारी गराइसकिएको बताइएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी पनि पास गर्ने र गठबन्धन पनि जगाउने समझदारी गरेका छन्। नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टी गठबन्धन पनि जोगाउने र अमेरिकी एमसीसी सम्झौता अनुमोदन पनि हुन दिने विषयमा लचक बनेका छन्। 

एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेस गर्दा दुवै दलले बैठक बहिष्कार गर्ने रणनीति बनाएका छन्।  यो रणनीतिका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत जानकारी गराइसकिएको बताइएको छ।

माओवादी केन्द्रको शुक्रबार बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पनि गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको थियो। यस्तै समाजवादीले पनि मध्यमार्गका रूपमा यसैलाई अख्तियार गर्ने भएको हो। 

एमसीसी सम्झौता अनुमोदन गर्न आवश्यक संख्या नपुग्ने भएपछि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबार र शुक्रबार पनि प्रितिनिधि सभा बैठक स्थगित भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एमसीसीका विषयमा सार्वजनिक रूपमा धारणा सार्वजनिक गरेको छैन। देउवा नेतृत्वको सरकार बनेदेखि नै एमालेले संसद् बैठकमा अवरोध खडा गर्दै आएको छ। 

प्रकाशित: Feb 25, 2022| 14:12 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...