शनिबार, साउन ३०, २०८३

मोरङको लेटाङमा बालिकाको शव गाडेको अवस्थामा फेला

स्थानीय लालहिरा सामुदायिक वनभित्र बालिकाको शव गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले बताए। उनका अनुसार शव खाल्डो खनेर गाडिएको र नांगो अवस्थामा भेटिएको हो।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

विराटनगर- दुई दिन देखि हराईरहेकी मोरङको लेटाङ-८ ज्यामिरेकी १२ बर्षीया करूणा राईको शव शुक्रबार विहान फेला परेको छ।

स्थानीय लालहिरा सामुदायिक वनभित्र बालिकाको शव गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले बताए। उनका अनुसार शव खाल्डो खनेर गाडिएको र नांगो अवस्थामा भेटिएको हो। 

विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेतिर बालिका बेपत्ता भएकी थिइन्। जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए। 

प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाडेर माथिबाट ढुंगाले छोपेको अवस्थामा सामुदायिक वन भित्र शव फेला परेको मुकारुङले जानकारी दिए। प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ। बलात्कारपछि हत्या गरेर शव गाडिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। 

घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बालिकाको बलात्कार गरि हत्या गरिएको भन्दै स्थानीयले केहीवेर प्रदर्शन र नारावाजी गरेका थिए।

प्रकाशित: Feb 25, 2022| 11:56 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।