शनिबार, साउन ३०, २०८३

अवैध मलेसियन रिंगेटसहित भारतीय नागरिक पक्राउ

अवैध रुपमा लुकाई छिपाई वाहिरी मुलुकतर्फ लैजान लागेको ३८ हजार ९ सय मलेसियन रिंगेटसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- अवैध रुपमा लुकाई छिपाई वाहिरी मुलुकतर्फ लैजान लागेको ३८ हजार ९ सय मलेसियन रिंगेटसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। राहदानी नम्बर भि ४७१८४३६ बाहक ४० वर्षीय आरिसलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। 

हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका आरिसलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले लिएर आएको लगेजभित्र खैरो रंगको खाममा विभिन्न दरका गरी उक्त मलेसियन रिंगेट फेला पारेको प्रहरीले जनाएको छ।

बरामद मुद्रासहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

प्रकाशित: Feb 25, 2022| 11:54 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।