मंगलबार, भदौ २, २०८३

कांग्रेससँग गठबन्धन नटुटाउने सहमति भएको छ : अध्यक्ष नेपाल

समाजवादी प्रेस संगठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व र यसमा नेपालीको रोजगारीका अधिकारको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गरे।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

कैलाली- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी) परियोजना नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन्।

समाजवादी प्रेस संगठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व र यसमा नेपालीको रोजगारीका अधिकारको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गरे। 

एमसीसीका कतिपय अस्पष्ट प्रावधानलाई स्पष्ट नबनाएसम्म पारित गर्न नहुने नेपालले बताए। ‘अहिले अमेरिकाले नेपालको नाम इन्डो प्यासिफिक स्ट्राटिजीबाट हटायो भन्ने जस्ता कुरा पनि आइरहेका छन्,’ उनले भने, ‘त्यसैले यस्ता कुराहरू के हाम्रो मुलुकका लागि सकारात्मक छन् त? त्यसै हामी यो एमसीसीका विषयमा अस्पष्टता नहटेसम्म केही पर सारौँ भन्ने चाहन्छौँ।’

‘यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक  सुरक्षित हुनुपर्दछ’, उनले भने, ‘परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ। परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ।’ अध्यक्ष नेपालले आफ्नो पार्टीले  यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने स्पष्ट पारेका छन्। 

प्रकाशित: Feb 25, 2022| 11:49 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...