काठमाडौं- बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था बढाइएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमसीसीमाथि छलफल विषय सम्भावित कार्यसूचीमा रहेको छ।
संसद्मा एमसीसीबारे प्रस्ताव प्रस्तुत हुने भएपछि त्यसको विरोधमा प्रदर्शन हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारेको छ।
सभावित प्रदर्शनलाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले बानेश्वर वरपर बाक्लो संख्यामा प्रहरी परिचालन गरेको हो। बानेश्वर आसपासका क्षेत्रमा सादा पोसाकका प्रहरी, गुप्तचरलाई समेत बिहानैदेखि खटाइएको गृह स्रोतले जनाएको छ।