मंगलबार, भदौ २, २०८३

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रबारबाट काठमाडौंमा बस्ने भएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रबारबाट काठमाडौंमा बस्ने भएको छ। शुक्रबार बिहान ११ बजेबाट बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। 

बैठकमा पदाधिकारी, केन्द्रीय कार्यकारी समितिका सदस्य सहभागी हुनेछन्। आजको बैठकमा एमसीसी, पार्टीको विधान, स्थानीय तह निर्वाचन र देशको वर्तमान राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल हुनेछ। 

आन्तरिक विवादका कारण लामो समयदेखि जसपाको बैठक बस्न सकेको थिएन। जसपामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच शक्ति बाँडफाँटको विषयमा विवाद रहदै आएको छ।


प्रकाशित: Feb 25, 2022| 09:34 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...