आइतबार, कात्तिक ८, २०८३

मिस ग्ल्याम वर्ल्डमा नेपालबाट इरिना सहभागी हुने

मिस ग्ल्याम वल्र्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- मिस ग्ल्याम वल्र्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ। गत बुधबार विशालबजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन इराद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत् नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षीया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने जानकारी दिइएको हो। सोही कार्यक्रममा श्रेष्ठलाई आमा इन्दिरा श्रेष्ठ र बुवा जयन्द्र श्रेष्ठले ताज पहिराइदिएका थिए। 

विश्वका सयभन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजकको दाबी छ। 

हाल स्नातक तहमा अध्ययनरत तथा विगत केही वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन सोहरूमा सहभागिता जनाइसकेकी छन् भने विभिन्न ब्राण्डका लागि काम पनि गरिसकेकी छन्। 

मिडियामा समेत काम गरिसकेकी श्रेष्ठले मिस ग्ल्याम वर्ल्ड २०२२ लाई लिएर निकै उत्साहित रहेको प्रतिक्रिया दिएकी छन्। मिस ग्ल्याम वर्ल्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने उनले बताएकी छन्। 

मिस ग्ल्याम वर्ल्ड २०२२ एक अन्र्तराष्ट्रिय प्रतियोगिता मात्र नभै नेपाललाई विश्वमा चिनाउने अवसर भएको आयोजक फेशन इराका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताए।

मिस ग्ल्याम वर्ल्ड २०२२ यही आउँदो अगष्ट १९ देखि अगष्ट २८ सम्म भारतको कोचिन केरलामा हुनेछ।

प्रकाशित: Feb 25, 2022| 09:13 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।