काठमाडौं- नाबालिग किशोरीमाथि जर्बजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि अभिनेता पल शाह फरार रहेका छन्। जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जी जारी भएको दुई दिन कटिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।
बुधबार पलविरुद्ध नाबालिग गायिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका छन्। प्रहरीले पलको खोजी गरिहरेको छ। यहीबीचमा विभिन्न खबरहरू पनि आइरहेका छन्।
पलले बिहीबार बिहान आफूलाई फसाउन खोजेको भन्दै सामाजिक सञ्जालमार्फत केही गोप्य अडियो लिक गरेका थिए। उनले आफूलाई साथी दुर्गेश थापा, ठूल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र गायक सम्राट् चौलागाईंले षड्यन्त्र गरेर फसाएको आरोप लगाएका छन्।
नाबालिग किशोरीले भने आफूलाई झन् पीडा दिने काम भइहरेको बताएकी छन्। उनले आफू अपरिपक्क नाबालिका रहेको बताएकी छन्।
उनले पीडाले आफू केही समय मिडियामा समेत आउन नसकेको बताएकी छन्। पलविरुद्ध जाहेरीपछि पहिलो पटक सिधा कुरा कार्यक्रममार्फत मिडियामा आएकी ती नाबालिग किशोरीले आफू कसैको उस्काहाटले नउस्किएको बताएकी छन्।
आफूले अन्धोभएर पलको उक्त कुरामा विश्वास गरेको ती नाबालिग किशोरीको अभिव्यक्ति रहेको छ। तर, स्वार्थ पुरा भएपछि पल आफ्नो बाटो लागेको उनको आरोप छ।
'म साँच्चिकै पीडामा परेको हो। मैले कुनै पनि गल्ती गरेकी छैन,' उनले भनिन्। उनले आफूमाथि घटेका सबै घटना सत्य भएको प्रतिक्रिया दिएकी छन्।
'ममाथि घटना बाहिर नल्याउन दबाब थियो। त्यसैले मैले सुरुमा यो घटना मेरी आमालाई भने। आमाले मेरो नाबालिग छोरीसँग खेल्न मिल्दैन भनेर एक पटक उहाँसँग कुरा गर्छु भनेर कुरा पनि गर्नुभयो। उहाँले मेरो परिवारलाई भेटेर मसँग बिहे गर्ने कुरा गर्नुभयो। उहाँले पटक-पटक मेरो परिवारसँग बसेर मिटिङ पनि गर्नुभयो,' नाबालिग किशोरीले भनिन्। पलले आफूसँग मिलेर जाने र पब्लिकमा बिहे भएको भन्ने वातावरण बनाउन आग्रह गरेको उनले बताएकी छन्।
आफूले अन्धोभएर पलको उक्त कुरामा विश्वास गरेको ती नाबालिग किशोरीको अभिव्यक्ति रहेको छ। तर, स्वार्थ पुरा भएपछि पल आफ्नो बाटो लागेको उनको आरोप छ। उनले आफूले पललाई विश्वास र माया गर्ने गरेको बताएकी छन्। 'उहाँले पटक-पटक मेरो भावनासँग खेल्नु भयो यो कुरासँग म निकै दुखी छु,' उनले भनेकी छन्।
उनले सुरुमा पलले आफ्नो निकै ख्यालसमेत गर्ने गरेको बताएकी छन्। 'उहाँले सुरुमा निकै ख्याल गर्नुहुन्थ्यो। पछि बिहे गर्ने भन्नु भएको थियो। मेरो परिवारकै अगाडि स्वीकारेको अवस्थामा उहाँको गर्भवती भएको भए मात्रै स्विकार्थे भन्ने अडियो आयो। उहाँले गर्लफ्रेन्ड ब्वाइ फ्रेन्डमा जसको पनि यस्तो भइहाल्छ भन्नु भयो। त्यसपछि म आत्तिए,' उनले भनिन्। अहिले पलले त्यो आफ्नो स्वर नभएर कसैले क्यारिकेचर गरेको भनिरहेको बताउँदै आएको जानकारी दिएकी छन्।
उनले आफू कसैले उकासेर नउकासिएको र पीडा सहन नसकेर साथीहरूलाई समयमै जानकारी गराएको बताएकी छन्। उनले आफूले धेरै कुरा बाहिर नभनेकाले आफूमाथि गालि गरिरहेको दुखेसो पोखेकी छन्। उनले आर्थिक बार्गेनिङको कुरा झुटो भएको समेत बताएकी छन्। उनले वास्तविक कुरा इडिट गरेर बिहीबार केही अडियो सार्वजनिक गरेको बताएकी छन्।
उनले पलको नजिक भएका साथीहरूसँग आफूले आफ्नो दुःख मात्र साटेको बताएकी छन्। कसैले पनि पललाई फसाउन नखोजेको उनको दाबी छ। सत्यको जित हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले आफू दोषी भए कारबाही भोग्न तयार रहेको बताएकी छन्। उनले पैसा बार्गेनिङको कुरा झुट भएको बताएकी छन्।
'मैले माया गरेको मान्छे हो। मिलेर नै अगाडी जाऊ भन्ने थियो। म उहाँलाई धेरै विश्वास गर्थे। तर, उहाँले मेरो विश्वासमाथि खेल्नु भयो। मत सोझो गाउँबाट आएको,' उनले भनिन्, 'मेरो बुवा प्रहरीमा जान खोज्दा उहाँले नै रोक्नु भएको हो।'