शनिबार, साउन ३०, २०८३

नेपाल-भारत जमुनाहनाका ६० घण्टाका लागि बन्द गरिँदै

उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ। सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

नेपालगञ्ज- नेपालगञ्जस्थित नेपाल-भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ। भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्। 

उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ। सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ।

निर्वाचन प्रयोजनका लागि रुपइडिहालगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एकसाता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ। आपात्कालीन सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन र पैदलयात्रुलाई समेत आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित: Feb 25, 2022| 08:59 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।