काठमाडौं- कर्णाली प्रदेशको नौमूले दैलेख स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई वडा अध्यक्षले हातपात गरेका छन्।
फागुन ११ गते इर्मजेन्सीमा करिब ८:३० बजेतिर बिरामीको जाँच गर्दैगर्दा केन्द्रका प्रमुख एवं मेडिकल अधिकृत डा. यामप्रसाद शर्मासहित स्वास्थ्यकर्मीलाई नौमूले गाउँपालिका-७ का अध्यक्ष मोतीलाल बस्नेतले गालिगलौज गर्दै हातपातसमेत गरेको थिए।
वडा अध्यक्ष बस्नेतले रक्सी खाएको अस्पतालको आरोप छ। डाक्टर तथा स्वास्थ्यकर्मीमाथि दुरव्यवहार गरेका वडा अध्यक्षलाई कारबाही नभएसम्म स्वास्थ्यकर्मीले आकस्मिक तथा प्रसुती सेवाबाहेकका सेवा बन्द गरिएको बताएका छन्।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने यस्ता गतिविधिलाई रोक्न स्वास्थ्यकर्मीले माग गरेका छन्।