बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युक्रेनमा रहेका नेपालीलाई सरकारले भन्यो- संयमता अपनाई बस्नू

युक्रेनमा रहेका नेपालीलाई सरकारले भन्यो- संयमता अपनाई बस्नू

युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई सुरक्षित बस्न सरकारले आग्रह गरेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८
National life
Shivam cement

काठमाडौं- युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई सुरक्षित बस्न सरकारले आग्रह गरेको छ। जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले युक्रेनमा हवाई सेवा बन्द भएकाले संयमता अपनाएर आफू बसेको स्थानमा घरमै बस्न आग्रह गरेको हो। 

हवाइ उद्धार गर्न तत्काल सम्भव नभएकाले युक्रेन सरकार र सम्बन्धित कलेज, विश्वविद्यालयद्वारा जारी निर्देशनको पालना गर्नसमेत दूतावासको आग्रह छ। दूतावासले पूर्वी क्षेत्रभन्दा पश्चिमी युक्रेन तुलनात्मक रूपमा सुरक्षित रहेकाले त्यसतर्फ जानसमेत आग्रह गरेको छ। 

रुसले बिहानैबाट युक्रेनी क्षेत्रमाथि सैन्य कारबाही थालेको छ। 


प्रकाशित: Feb 24, 2022| 20:39 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।