काठमाडौं- भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख मात्रा खोप उपहार स्वरुप प्रदान गरेको छ।
नेपाली सेनाको प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा भारतीय सेना गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरेका हुन्।
भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको जनाएको छ।
भारतीय सेनाले यसअघि पनि नेपाली सेनालाई एक लाख डोज कोभिड खोप उपहार प्रदान गरेको थियो।