बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युक्रेनका नेपालीलाई बर्लिन वा मस्कोस्थित दूतावासमा सम्पर्क गर्न आग्रह

युक्रेनका नेपालीलाई बर्लिन वा मस्कोस्थित दूतावासमा सम्पर्क गर्न आग्रह

बर्लिनमा रहेको नेपाली राजदूतावासका तृतीय सचिव सहारा चौलागाईँलाई र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८
National life
Shivam cement

काठमाडौं- रुसले सैन्य कारबाही थालेसँगै युक्रेनमा रहेका नेपालीमा त्रास बढेको छ। युक्रेनको राजधानीमा विस्फोट हुन थालेसँगै त्रास बढेको हो। परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई आवश्यक पर्दा बर्लिन वा मस्कोमा रहेका नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

बर्लिनमा रहेको नेपाली राजदूतावासका तृतीय सचिव सहारा चौलागाईँलाई र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

यस्तै, मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण समेत स्थगित गरेको छ। युक्रेनमा अहिले झण्डै डेढसयदेखि दुई सय जना रहेका अनुमान गरिएको छ। त्यसमध्ये ३८ जना सम्पर्कमा आएका मन्त्रालयले जनाएको छ।

प्रकाशित: Feb 24, 2022| 14:26 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।