काठमाडौं- एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुडा प्रहार गर्न थालेका छन्।
संसद् भवन अगाडि प्रदर्शन गरिरहेका विभिन्न राजनीतिक दल र मोर्चामा आवद्ध प्रदर्शनकारीहरूले ढुंगामुडा प्रहार गर्न थालेसँगै प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको छ।
पानीको फोहरा र अश्रुग्यास प्रहार गरेर प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्ने प्रयास गरिरहेको छ।