मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारको प्रस्तावमा मन्त्रीको असहयोग हदैसम्मको अराजकता : महामन्त्री शर्मा

सरकारको प्रस्तावमा मन्त्रीको असहयोग हदैसम्मको अराजकता : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रस्तावविरुद्ध मन्त्रीको असहयोग ‘हद दर्जाको अराजकता’ भएको टिप्पणी गरेका छन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रस्तावविरुद्ध मन्त्रीको असहयोग ‘हद दर्जाको अराजकता’ भएको टिप्पणी गरेका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको एमसीसीको प्रस्ताव कांग्रेसले अघि बढाउँदा ओलीको नैतिक जवाफदेहीता खोजिने तर सरकारका मन्त्रीको असहयोग हद दर्ताको अराजकता भएको उनको भनाइ छ। अर्थमन्त्री जनार्दशन शर्मा संसद्मा एमसीसी माथि छलफल हुने दिन घुम्न नस्किएपछि शर्माले यस्तो टिप्पणी गरेका हुन्।

‘ओलि नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा उहाँको नैतिक जवाफदेहीता खोजिन्छ नै तर सरकारको प्रस्ताव विरुद्ध सरकारकै मन्त्रीको असहयोग हद दर्जाको अराजकता,’ उनले भनेका छन्, ‘कि भनौं गठबन्धनमा छौं, सरकारमा छैनौं। कि सरकारमा रहँदाको मर्यादा पालन गरौं १’ 

उनले आफैं सरकारमा प्रधानमन्त्री र मन्त्री छँदा अघि बढाएको एमसीसी विरुद्ध उभिनेहरु नजलाई उभिएको कि मौन ध्यान मुद्रामा बसेकोरु भनेर प्रश्न समेत गरेका छन्। उनले एमसीसीका विरुद्धमा उभिनेहरुले माक्र्सवाद र माओवादको पुस्तकले नैतिकता सिकाउँदैन भन्न सक्नुपर्ने बताएका छन्। ‘मार्क्सवाद र माओवादको पुस्तकले नैतिकता सिकाउँदैन भनौं, अलि गैह्र जिम्मेवार टिप्पणी हुन्छ, सिकाउँछ भनौं आफैं सरकारमा प्रधानमन्त्री र मन्त्री छँदा अघि बढाएको एमसीसी विरुद्ध केही उच्च कमरेडहरु कि नलजाई उभिनु भएको छ कि मौन ध्यान मुद्रामा बस्नुभएको छ। लज्जा स्वयं लज्जित दृश्य हो यो,’ उनले भनेका छन्। 

सडकमा एमसीसीको विरोध गरिरहेका युवाहरुको कुनै दोष नरहेको बताउँदै शर्माले दोषी द्वैध चरित्र भएका नेताहरु भएको शर्माको भनाइ छ। बालुवाटार र बानेश्वरमा फरक–फरक कुरा गर्नेहरुका कारण आन्दोलन भइरहेको उनले बताएका छन्। लोकप्रियता रोज्ने की दीर्घकालीन लोकहित सोच्नेरु भनेर उनले प्रश्न समेत गरेका छन्। ‘सडकमा एमसीसी को विरोध गरिरहेको युवाको कुनै दोष छैन। दोषी त ति द्वैध चरीत्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन् बानेश्वरमा अर्को,’ उनले भनेका छन्, ‘अब टुंगो गरौं, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित रु आवेग र उग्रताले रास्ट्रहरु समृद्ध बनेका छन् कि जिम्मेवार रास्ट्रवादले?’ 

महामन्त्री शर्माले नेपाल कुनै पनि देशको सैन्य रणनीतिको हिस्सा बन्न नहुने बताएका छन्। ‘कुनैपनि देशको सैन्य रणनीतिको हिस्सा नेपाल बन्नुहुन्न। अमेरिका–चिन टग अफ वारमा नेपाल एकको रस्सि समाउन पछि उभिनु हुन्न । एउटा मित्रको ऋण लिन तयार अर्कोको अनुदान अस्विकार गर्नैहुन्न,’ उनले भनेका छन्, ‘शर्त केवल यत्ति कुनैपनि देशको सैन्य रणनीतिको हिस्सा नेपाल कहिल्यै पनि बन्नुहुन्न।’

प्रकाशित: Feb 24, 2022| 13:55 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...