काठमाडौं– विरोधकै बीच एमसीसीमाथिको छलफल अघि बढाउने निर्णय कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको छ। छलफलमा भाग लिने सांसदलाई ५–५ मिनेटको समय दिइने भएको छ।
गत आइतबार टेबुल भएको एमसीसीको छलफल आज सुरु हुने कार्यसूची छ। दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक दुई बज्न लाग्दा पनि सुरु भएको छैन। उता, एमसीसीविरुद्धको आन्दोलन पनि चर्किएको छ। नयाँ बानेश्वर–बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।