तनहुँ- ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। संखुवासभा चैनपुर नगरपालिका-२ महिम बस्ने ४० वर्षीय शिव न्यौपानेलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।
भानु नगरपालिका-२ बाह्रबिसेस्थित डुम्रे-वेशीसहर सडक खण्ड निर्माणको लागि लेवर क्याम्पमा बस्दै आएकी महिलामाथि सोही क्याम्पका ठेकेदार न्यौपानेले जबरजस्ती करणी गरेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले पक्राउ गरेको गरेर आवश्यक अनुसन्धान थालिएको जनाएको छ।