मंगलबार, भदौ २, २०८३

काठमाडौंका चार स्थानको सवारी आवागमन डाइभर्ट

एमसीसीविरुद्ध विभिन्न दलहरूको प्रदर्शनका कारण काठमाडौंका चार स्थानको सवारी आवागमन डाइभर्ट गरिएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- एमसीसीविरुद्ध विभिन्न दलहरूको प्रदर्शनका कारण काठमाडौंका चार स्थानको सवारी आवागमन डाइभर्ट गरिएको छ। भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।

तीनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई विभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। तीनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तीनकुनेबाट नै ड्राइभर्सन गरिएको छ।

भद्रकाली-सिंहदरबार-माइतीघर हुँदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुँदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ।

पदमोदयमोडबाट हुनुमानथान हुँदै थापागाउँ जाने ठूला तथा तीनपाङग्रे सवारी साधनलाई पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ।

प्रकाशित: Feb 24, 2022| 12:49 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...