मंगलबार, भदौ २, २०८३

एमसीसी छल्दै घुमघाममा अर्थमन्त्री

संसद्मा एमसीसी सम्झौतामाथि छलफल हुने दिन अर्थमन्त्री भने घुमघाममा व्यस्त छन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– संसद्‍मा एमसीसी सम्झौतामाथि छलफल हुने दिन अर्थमन्त्री भने घुमघाममा व्यस्त छन्। आजको संसद् बैठकको कार्यसूचीअनुसार अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुपर्ने हो। 

एमसीसी सम्झौताको सम्बन्धित मन्त्रालय पनि अर्थ मन्त्रालय नै हो। एमसीसी सम्झौतामा नेपाल सरकारप्रति उत्तरदायी स्वायत्त विकास समिति एमसीए–नेपालको तालुक मन्त्रालय अर्थ मन्त्रालय नै हो। 

तर, विभागीय मन्त्री भने आजको संसद् बैठकमा उपस्थित हुने छैनन्। अर्थमन्त्री शर्मा अहिले पर्वतमा घुमघाममा व्यस्त छन्। यसअघि गत आइतबार एमसीसी संसद् बैठकमा टेबुल गर्ने दिन पनि शर्मा उपस्थित भएनन्। उनको अनुपस्थितिमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई संसद्मा टेबुल गरेका थिए। सो दिनको बैठकको कार्यसूचीमा पनि शर्माले नै एमसीसी टेबुल गर्ने कार्यसूची थियो। तर, बिरामी भएको भन्दै उनी अनुपस्थित रहे। 

अर्थ मन्त्रालयका कर्मचारीहरुका अनुसार बिरामी भएका भनिएका शर्मा सो दिन बेलुका अर्थ मन्त्रालयमै थिए। उनी भोलिपल्ट बिहानै पनि मन्त्रालय पुगेका थिए। 

अहिले भने शर्मा पर्वत र बाग्लुङ घुम्न गएका छन्। हिजो बुधबार बेलुका नै पर्वत पुगेका शर्माको अहिले बिहान बाग्लुङको आकाशे रेष्टुरेन्टमा खाजा खाइरहेको भिडियो भाइरल भइरहेको छ। शर्माले बाग्लुङको बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नवनिर्मित स्काइ क्याफेमा बसेर नास्ता गरेका हुन्। कालीगण्डकी खोंचमा नदीदेखि २५५ मिटर अग्लो भीरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा शर्मा श्रीमती लक्ष्मी पौडेलसँगै बसेर आनन्द लिएका हुन्।

शर्माको पार्टी माओवादी केन्द्र एमसीसी सम्झौताको विरुद्धमा छ। संसद्मा एमसीसी टेबुल गर्ने दिन पनि माओवादीका प्रमुख सचेतक देव गुरुङसहित तीन सांसदले कार्यव्यवस्था समितिमा लिखित असहमति राखेका थिए। संसद् बैठकमा पनि गुरुङले एमसीसीको विरोध गरेका थिए। कतिपय माओवादी सांसद त नाराबाजीमै उत्रिएका थिए। एकातिर सम्झौताको विरोध गर्ने र अर्कोतिर सरकारमा बसिरहने माओवादीको दोहोरो चरित्र देखिएको छ। 

प्रकाशित: Feb 24, 2022| 12:47 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...