मंगलबार, भदौ २, २०८३

प्रचण्डले देउवालाई सुनाए– एमसीसीमा गठबन्धनका अरू दल राजी भएनन्

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल भएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल भएको छ। सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आफ्नो अडानबाट पछि नहटेपछि देउवाको प्रयास असफल भएको हो। 

माओवादी अध्यक्ष प्रचण्डले अहिले प्रधानमन्त्री देउवालाई भेटेर एमसीसीमा सहमति जुट्न नसकेको बताएका छन्। त्यसअघि आफ्नो निवासमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो। उक्त बैठकको निर्णय प्रचण्डले बालुवाटार पुगेर देउवालाई सुनाएका हुन्।  

भेटमा प्रचण्डले तत्कालका लागि एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए। देउवाले भने त्यसो गर्न नसकिने जवाफ दिएको बताइएको छ। 

तीन दलका शीर्ष नेताको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो। छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिना संशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्विप जारी गर्ने नेता खनालले बताएका छन्। उनले एकीकृत समाजवादी सुरुदेखि नै परिमार्जन बिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको उनले बताए।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता देव गुरुङले पनि एमसीसीको विपक्षमा मतदान गर्नेबारे छलफल भएको बताए। उनले संसद्‍मा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसको लागि सभामुखलाई संसद्‍मा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्ने पनि बताए। सरकारले गत आइतबारको संसद् बैठकमा एमसीसी पेस गरिसकेको छ। आज दिउँसो १ बजे बस्ने अर्को बैठकमा एमसीसी छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ। 

प्रकाशित: Feb 24, 2022| 12:34 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...