आइतबार, जेठ ३, २०८३

सात तस्बिरमा संसद‍् भवन अगाडिको सुरक्षा व्यवस्था

एमसीसीविरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो।
 |  बिहीबार, फागुन १२, २०७८

पवन घिमिरे

पवन घिमिरे

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- गत बिहीबार संसद् बैठकमा प्रस्तुत भएको एमसीसीमाथि आज छलफल सुरु हुने कार्यसूची छ। एमसीसीमाथि छलफल हुने भएसँगै बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था बढाइएको छ।

National life

एमसीसीविरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो। नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ। 

आज पनि दल र मोर्चाले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्। प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गर्दै आएको छ। प्रदर्शनकारीले निषेधाज्ञा तोडे बल प्रयोग गर्ने प्रहरीले जनाएको छ।

विरोध प्रदर्शन हुने भएसँगै सो क्षेत्रको ट्राफिक अस्तव्यस्त हुने भएको छ। ट्राफिक प्रहरीले दिउँसो जुलुस निस्कने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।


 

प्रकाशित: Feb 24, 2022| 12:27 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।