शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली जग्गाधनी पुर्जा देखाई ३३ लाख ठग्ने व्यक्ति पक्राउ

नक्कली जग्गाधनी पुर्जा देखाई ३३ लाख ठग्ने व्यक्ति पक्राउ

नक्कली जग्गाधनी पुर्जा देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- नक्कली जग्गाधनी पुर्जा देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-११ कपन बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-८ वतन भएका ३९ वर्षीय हित बहादुर बुढाथोकीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। 

हित बहादुरले काठमाडौं साँखुस्थित साल्खा-६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना जग्गा ३५ लाख रुपैयाँ मै दिन्छु भनेर ठगी गरेका थिए। उनले धनीपुर्जा र नक्साको फोटो कपी दिई ३५ दिनमा राजीनामा पास गरिदिन्छु भनी जग्गाको बैनाको कागज बनाएर पटक-पटक गरी बैंक खातामा पीडितबाट ३३ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए। 

रकम जम्मा भइसकेपछि उनले विभिन्न बहानामा जग्गा पास नगरी झुलाई रहेपछि पीडितले मालपोत कार्यालय साँखुमा गई बुझ्दा उक्त जग्गा हित बहादुरको नाममा नभएको खुलेको थियो।

अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनी बैना गर्न लगाई आफूलाई ठगी गरेको भनी पीडितले दिएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले हित बहादुरलाई कपनबाट पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी परिसर टेकु राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 24, 2022| 12:13 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।