मंगलबार, भदौ २, २०८३

प्रचण्डसँग नेपाल र खनालको छलफल : एमसीसीको विपक्षमै उभिने

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबीच एमसीसीका विषयमा छलफल भएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबीच एमसीसीका विषयमा छलफल भएको छ।

एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच एमसीसीको बारेमा छलफल भएको हो। 

छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिना संशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्विप दिने नेता खनालले बताए। उनले एकीकृत समाजवादी सुरुदेखि नै परिमार्जन बिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको उनले बताए।

‘सामाजवादीको स्ट्याण्ड सुरुदेखि अन्तिमसँग क्लियर छ, 'नो एमसीसी'। 'विथ आउट एनी चेन्ज अर एमेनमेण्ट नो एमसीसी' । हामी दुई पार्टीहरू जहिलेसुकै पनि एउटै स्ट्याण्डमा छौं। त्यो भनेको परिमार्जन बिना संशोधन बिना हामी एमसीसी पास गर्दैनौं।’

त्यस्तै बैठकमा सहभागी माओवादी केन्द्रका नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताए। उनले संसद्‍मा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसको लागि सभामुखलाई संसद्‍मा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्ने पनि बताए।

नेता गुरुङले भने, ‘एमसीसीको विपक्षमा मतदान गर्ने भन्ने कुरा छँदै छ। तर, अहिले सदन अवरुद्ध भइरहेको अवस्थामा छलफल गर्ने वातावरण छैन। डेमोक्रेसी नम्सको प्रक्रियाअनुसार नै छलफल गर्नुपर्छ। राष्ट्रिय विषयमा सबै सांसदहरूले बोल्ने चान्स पाउनु पर्ने हुन्छ। यही विषयमा सबैसँग सभामुख लगायतसँग छलफल गर्ने कुरा भएको छ।’

सरकारले गत फागुन ८ गते एमसीसी छलफलका लागि संसद्‍मा पेस गरिसकेको छ। सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसद्‍मा पेस गरे पनि सत्तारुढ दलहरू नै एमसीसीको विपक्षमा उभिएका छन्।

एमसीसी यथा स्थितिमा पास गर्नु नहुने भन्दै सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीविरुद्ध आन्दोलन गर्दै आएको छ। 

त्यस्तै सत्तारुढ अर्को दल राष्ट्रिय जनमोर्चाले एमसीसी नेपालको हितमा नभएको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अडान राख्दै आएको छ।

प्रकाशित: Feb 24, 2022| 12:03 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...