काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। आजको संसद् बैठकअघि देउवाले प्रचण्डसँग छलफल गरेका हुन्।
देउवालाई भेट्न प्रचण्ड आज बिहान उनको सरकारी निवास बालुवाटार पुगेका थिए। गत बिहीबार संसद् बैठकमा प्रस्तुत भएको एमसीसीमाथि आज छलफल सुरु हुने कार्यसूची छ। छलफलपछि आज नै सभामुखले निर्णयार्थ प्रस्तुत गर्न सक्छन्।
एमसीसी सम्झौताको विपक्षमा उभिने माओवादीले निर्णय गरेको छ। सत्ता गठबन्धनबाट एमसीसी पारित गर्न नसकिने भए प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को साथ लिएर भए पनि पास गर्ने प्रधानमन्त्री देउवाको योजना छ। त्यसका लागि उनले एमाले अध्यक्ष ओलीसँग पनि वार्ता गरिरहेका छन्।
संसद् बैठक आज दिउँसो १ बजे बस्दैछ।