मंगलबार, भदौ २, २०८३

कुलमान घिसिङकी श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा चयन

धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङ उपाध्यक्षमा चयन भएकी हुन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धादिङ जिल्ला उपाध्यक्षमा चयन भएकी छन्।

धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङ उपाध्यक्षमा चयन भएकी हुन्। यसैगरी राप्रपा धादिङको अर्का उपाध्यक्षमा बेनीघाट रोराङका शालिकराम सिलवाललाई चयन गरिएको छ। 

राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको छ। राप्रपा धादिङको गत कात्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुब खनाल अध्यक्षसहित ३१ जना निर्वाचित भएका थिए।

प्रकाशित: Feb 24, 2022| 10:41 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...