बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवाह भोजमा कुटपिटबाट घाइते चौधरीको मृत्यु भएपछि दुई जना पक्राउ

विवाह भोजमा कुटपिटबाट घाइते चौधरीको मृत्यु भएपछि दुई जना पक्राउ

पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नम्बर ९ बस्ने दिनेश बिष्ट र लक्ष्मण बराल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

धनगढी- कैलालीमा विवाह भोजमा कुटपिटबाट घाइतेको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा संलग्न दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नम्बर ९ बस्ने दिनेश बिष्ट र लक्ष्मण बराल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

National life

भजनी नगरपालिका वडा नम्बर ९ मा विवाह भोजमा नाचगान गर्ने क्रममा विवाद हुँदा कुटपिटबाट घाइते भएका सोही ठाउँका २६ वर्षीय बसन्त चौधरीको मृत्यु भएको थियो। 

फागुन ७ गते कुटपिटबाट घाइते भएका चौधरीको सुख्खडस्थित घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर लगिएको थियो।

उनको ८ गते मृत्यु भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी कारवाही अगाडि बढाइएको बताइएको छ। घटनामा संलग्न अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 24, 2022| 07:35 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।