मंगलबार, भदौ २, २०८३

एमसीसीबारे धारणा बनाउन प्रचण्ड र सभामुखबीच छलफल

सभामुखसँग भेटका लागि प्रचण्ड लैनचौरस्थित सभामुख निवास पुगेका थिए। भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्। भेटवार्तामा एमसीसीमा पार्टीको धारणालगायत समसामयिक विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। 

सभामुखसँग भेटका लागि प्रचण्ड लैनचौरस्थित सभामुख निवास पुगेका थिए। भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। 

यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। तर प्रचण्डले यसअघि एमसीसीलाई पत्र पठाउँदै एमसीसी अनुमोदन गराउने प्रतिबद्धता गरेका थिए। त्यसपछि दोहोरो चरित्र देखाएको भन्दै प्रचण्डको आलोचना भइरहेको छ। 

सरकारको नेतृत्वकर्ता दल कांग्रेसले भने एमसीसीलाई संसदबाट टुंगो लगाउनुपर्ने बताउँदै आएको छ। 

प्रकाशित: Feb 23, 2022| 20:30 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...