आइतबार, कात्तिक ८, २०८३

पल शाहविरुद्ध पक्राउ पुर्जी जारी, आजै पक्राउ गर्न प्रहरीको सर्कुलर

नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बुधबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। 

'पक्राउ पुर्जी जारी गरी काठमाडौं प्रहरीमा परिपत्र भइसकेको छ,' काठमाडौं प्रहरी स्रोतले भन्यो, 'पल शाहको मोबाइल अफ छ। हामी खोजी रहेका छौँ। आजै पक्राउ गरी तनहुँ पठाउँछौँ।' 

अभिनेता पल शाहले नाबालिक गायिकामाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए। 

कास्की घर भएकी पीडित किशोरीका बुबा सुरुमा उजुरी लिएर जिल्ला प्रहरी कार्यलय कास्की गएका थिए। तर, अन्तिम पल्ट कसुर भएको ठाउँ तनहुँ रहेको खुलेपछि कास्की प्रहरीले उजुरी दर्ता गरी प्रक्रिया अघि बढाएको हो। 

बुधबार प्रहरी कार्यलयमा पीडित किशोरीका बुबाले दिएको जाहेरीमा छोरीले विगत तीन महिनादेखि काममा मन नलगाएपछि, एकोहोरो बस्‍न थालेपछि कारण खोतल्दै जाँदा अभिनेता पल शाहले देखावटी मायाप्रेम बहाना गर्दै जर्बजस्ती करणी गरेको खुलेको दाबी गरिएको छ।

पलले ती नाबालिक गायिकासँग विभिन्‍न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्‍ने क्रममा पटकपटक जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ। 

पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंगमा चलाउने, जिस्काउने, समात्‍नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी पनि सवार थिए।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाइफकाई ‘बिहे गर्छु, धोका दिन्‍नँ’ भन्‍ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ। 

प्रकाशित: Feb 23, 2022| 19:38 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।