बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल भाषाको संरक्षण गर्ने ‘सिक्किम नेवा गुठी’लाई दुई लाखको पुरस्कार

नेपाल भाषाको संरक्षण गर्ने ‘सिक्किम नेवा गुठी’लाई दुई लाखको पुरस्कार

नेपाल भाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि भारतमा योगदान दिने ‘सिक्किम नेवा गुठी’ गान्तोकलाई यस वर्षको रु दुई लाखको ‘सुदर्शन–कपिला सिरपा’द्वारा सम्मान गरिने भएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- नेपाल भाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि भारतमा योगदान दिने ‘सिक्किम नेवा गुठी’ गान्तोकलाई यस वर्षको रु दुई लाखको ‘सुदर्शन–कपिला सिरपा’द्वारा सम्मान गरिने भएको छ।

National life

झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक) विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विगत २५ वर्षदेखि नेपाल भाषा, जात्रा र संस्कृति संरक्षणमा गुठीले सिक्किमका सबै जिल्लामा महत्वपूर्ण योगदान पुर्‍याएकाले यही फागुन १३ गते सम्मान गर्न लागिएको जानकारी दिइएको छ।

गुठीको योगदानका कारण सिक्किममा इन्द्रजात्राका दिन सार्वजनिक बिदा, नेपाल भाषालाई ऐच्छिक विषयका रूपमा अध्यापन गर्ने, न्हू दयाँ (नयाँ वर्ष), गाईजात्रा, बेल विवाह, व्रतबन्ध लाखेनाच जस्ता सांस्कृतिक कार्यक्रम विगतदेखि सञ्चालन गर्दै आइरहेको जानकारी दिइयो। 

सिरपा ट्रष्टका दाता एवं संरक्षण सुदर्शन र कपिला श्रेष्ठले रु २० लाखको अक्षय कोष स्थापना गरी प्रत्येक दुई वर्षमा नेपाल भाषा र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वका संस्था तथा व्यक्तिलाई चयन गरिने व्यवस्था गरिएको झिपुचका अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए।

पुरस्कारको राशि प्रत्येक एक वर्षमा रु ५० थप गर्ने व्यवस्था गरिएको महासचिव सुरेशलाल श्रेष्ठले बताउनुभयो। संस्थाका सन्देशदास श्रेष्ठ र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जिव खनालले गुठीलाई उक्त पुरस्कार प्रदानबाट दुई राष्ट्रबीच सम्बन्ध सुदृढ हुनाका साथ विराटनगरको पहिचान स्थापित हुने विचार राखेका छन्।

Shivam cement

यसअघि उक्त पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो। झी पुचःको पहल एवं विराटनगर महानगरको सहमतिमा न्युरो मार्गलाई ‘शङ्खधर साख्वा’ नामाकरण गरिएको छ। 

प्रकाशित: Feb 23, 2022| 22:00 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।