बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पल शाहविरुद्ध बलात्कारको उजुरी, १० देखि १२ वर्षसम्म जेल सजाय हुने व्यवस्था

पल शाहविरुद्ध बलात्कारको उजुरी, १० देखि १२ वर्षसम्म जेल सजाय हुने व्यवस्था

अभिनेता पल शाहविरुद्ध एक नाबालिग किशाेरीमाथि यौनजन्य अपराध गरेको अभियोगमा उजुरी परेको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– अभिनेता पल शाहविरुद्ध एक नाबालिग किशाेरीमाथि यौनजन्य अपराध गरेको अभियोगमा उजुरी परेको छ। १७ वर्षिया किशाेरीलाई पलले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षको आरोप छ।

National life

पछिल्लो केही दिनयता मनोरञ्जन वृत्तमा पलसँग एक गायिकाको विवाद चर्चामा थियो। तर, विवादको अन्तर्य खुलेको थिएन। जब पलले ती गायिकालाई यौन शोषण गरेको पुष्टि हुने अडियो नै बाहिर आयो, त्यसपछि भने यथार्थ छर्लंंगै भयो।

पीडित किशोरी परिवारसहित यसअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गर्न पुगेकी थिइन्। तर आफ्नो कार्यक्षेत्र नपरेको भन्दै कास्की प्रहरीले तनहुँ प्रहरीमा जान सुझाएपछि त्यहाँ उनी कानुनी परामर्शसहित फर्किएकी थिइन्।

स्रोतका अनुसार आफूविरुद्ध भएको यौन शोषण बाहिर ल्याउन किशाेरीले पटक पटक प्रयास गरे पनि पलले अनेक कुरा गरेर उनलाई फकाएका थिए। तर, अडियो नै सार्वजनिक भएपछि भने बुधबार किशाेरीले पलविरुद्ध जिल्ला प्रहरी कार्यलय तनहुँमा उजुरी दर्ता गराएकी हुन्। 

तनहुँ प्रहरीले भने अहिलेसम्म जाहेरीबारे औपचारिक जानकारी दिएको छैन।  ‘उजुरी आएको छ। हामीले कानुनी प्रक्रिया अघि बढाएका छौं। अहिलेलाई थप केही नभनौं,’ तनहुँ प्रहरी स्रोतले भन्यो। 

Shivam cement

के भन्छ कानुनले?

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। अधिवक्ता अरुण पौड्यालका अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ।



प्रकाशित: Feb 23, 2022| 17:47 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।