शनिबार, साउन ३०, २०८३

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी

ती किशोरीले आफ्ना केही आफन्तहरुसहित तनहुँ जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिएको गण्डकी प्रहरीको उच्च स्रोतले बतायो।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- अभिनेता पल शाहविरुद्ध १७ वर्षिया एक नावालिग किशोरीले आफूलाई ललाइफकाइ जवरजस्ती करणी  गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। 

ती किशोरीले आफ्ना केही आफन्तहरुसहित तनहुँ जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिएको गण्डकी प्रहरीको उच्च स्रोतले बतायो। उजुरीमा शाहमाथि प्रेमका नाममा बालिकालाई ललाइ-फकाई र प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाइएको बताइएको छ। 

हालै मात्र सार्वजनिक भएको एक अडियोमा अभिनेता शाहले एक किशोरी गायिकासँग शारीरिक सम्बन्ध भएको स्वीकार गरेका थिए। 

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।


[-  यसअघि यही लिंकमा असावधानीपूर्वक प्रकाशित सामग्रीलाई पुनः सम्पादन गरिएको छ- सम्पादक]





प्रकाशित: Feb 23, 2022| 17:19 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।