काठमाडौं– नेपाली कांग्रेसले भोलि बिहीबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ। एमसीसीमाथि सैद्धान्तिक छलफल हुने भएकाले उपस्थिति अनिवार्य गरिएको हो।
भोलिको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ। छलफलपछि भोलि नै एमसीसी निर्णयार्थ प्रस्तुत हुने सम्भावना छ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एसीसी प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ।