मंगलबार, भदौ २, २०८३

क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन्।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन्।

प्रतिक्रान्तिहरुले अनेक षड्यन्त्र रचिरहेको र भ्रम छरिरहेको भन्दै प्रचण्डले ती सबै प्रपञ्चको जालो चिरेर क्रान्तिकारीहरु विजयी हुने दाबी पनि गरेका छन्।

फेसबुकमा प्रचण्डले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरी पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोसिस गर्छन्। अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ। उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्। तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं।’

प्रकाशित: Feb 23, 2022| 15:46 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...