बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह

रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ। मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ।

National life

‘त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गरी अति आवश्यक परी त्यहीँ रहनुपरेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ। युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परे जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासमा सम्पर्क गर्न भनिएको छ।

रुसले पृथकतावादी समूहको नियन्त्रणमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेसँगै युक्रेनी सीमामा तनाव बढेको छ। दुई देशबीचको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै परराष्ट्रले युक्रेनमा रहेका सबै नेपाली नागरिकलाई घटनाक्रमको मूल्याकंन गरी स्वदेश फर्कन अनुरोध गरेको हो।


Shivam cement

प्रकाशित: Feb 23, 2022| 14:05 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।