काठमाडौं– प्रतिनिधिसभाको बैठक नजिकिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई राजनीतिक भेटमा व्यस्त बनाएका छन्।
देउवाले एमसीसीमा समर्थन जुटाउन गृहमन्त्री बालकृष्ण खाणलाई आज बिहान माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार तथा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पठाएका छन्।
देउवाले सहमति जुटाउन तीव्र पहल गरिरहँदा माओवादी अध्यक्ष प्रचण्डलाई भने एसमीसीमा निर्णय लिन चौतर्फी दबाब परेको छ। अब माओवादीले एमसीसीमा के गर्छ भन्ने निर्णय प्रचण्ड निवास खुमलटार केन्द्रीत भएको छ।
गठबन्धनकै जनता समाजवादी र नेकपा एकीकृत समामाजवादीका नेताहरूले पनि माओवादीलाई एमसीसीबारे ठोस निर्णय लिन आग्रह गरिरहेका छन्। एमसीसीको विषयमा माओवादी सांसदहरूको अभिव्यक्ति बाझिँदै आएकाले पनि माओवादी ठोस निर्णय दिनुपर्ने दबाबमा छ।
यता माओवादी भने एमसीसीलाई संसदीय समितिमा पठाएर छलफल गर्दै लम्ब्याउने योजनामा रहेको देखिन्छ। तर प्रधानमन्त्री देउवाले भोलि बिहीबार बस्ने बैठकमा नै एमसीसीको मतदान गर्ने तयारीअनुसार दलका शीर्ष नेताहरूसँग संवाद गरिरहेका छन्।