बुधबार, असार १०, २०८३

आठ वर्षमा बन्दै धवलागिरि अस्पतालको भवन

तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

बागलुङ- बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ। तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो। 

National life

ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो। भवन निर्माण समयमै नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित बन्दै आएको थियो। पटक–पटक म्याद थप्दै गरे पनि ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गर्दै आएको थियो। अस्पतालको 'सी' ब्लकको रङरोगन, झ्यालढोका जडान, विद्युत् जडानलगायत काम भइरहेको छ। चैतभित्र भवन हस्तान्तरण गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी सुरु भएको ४० कोठे भवन तीन पटकसम्म म्याद थप भइसकेको छ। अस्पतालको जग्गा, विद्युत् पोल र कोरोनाको कारण देखाएर निर्माण व्यवसायीले पाँच वर्ष ढिला सम्पन्न गर्न लागेको हो। ‘अब अस्पताललाई भौतिक संरचनाको अभाव हुँदैन’, पोखरेलले भने। जिल्ला अस्पतालबाट ५० शय्याको रुपान्तरण भएपछि भवन निर्माण नसकिँदै २०० शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना अघि सारेको छ। गण्डकी प्रदेश सरकारले २०० शय्याको अस्पताल बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउँदैछ।  

विसं २०६४ मा अस्पतालको 'ए' ब्लक तथा २०६६ मा 'बी' ब्लक निर्माण गरिएको थियो। 'सी' ब्लकको काम सम्पन्न हुने चरणमा छ। सहरी विकास तथा भवन डिभिजन कार्यालयले २०६४ सालमा भवन निर्माण गर्न 'ए', 'बी' र 'सी' खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा ठेक्का सम्झौता गरेको थियो। 'ए' ब्लक सम्झौताअनुसार तथा 'बी' ब्लक सम्झौताको १० वर्षमा सम्पन्न भएको थियो। भवन निर्माणको जिम्मा पाएको आशिष-मिलिनियम र भीम ज्योति जेभीका प्रतिनिधि रञ्जित बुढाले 'सी' ब्लकको जगमा कडा चट्टान रहेका कारण निर्माणमा ढिलाइ भएको बताए। 'सी' ब्लकको लागत रु १० करोड ६ लाख रहेको छ।     रासस

प्रकाशित: Feb 23, 2022| 10:50 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।