बुधबार, असार १०, २०८३

कस्तो रहला आजको मौसम?

देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

National life

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको महाखाशाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव दुई डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस छ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सेल्सियस छ।

प्रकाशित: Feb 23, 2022| 10:20 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।