मंगलबार, भदौ २, २०८३

न्याय परिषद्को बैठक बस्दै

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्याय परिषद्को बैठक बोलाएका छन्।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्याय परिषद्को बैठक बोलाएका छन्। विशेष अदालत काठमाडौं र राजश्व न्यायाधीकरण काठमाडौंमा न्यायाधीशलाई काज खटाउने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ।

बुधबार अपराह्न ४ बजेका लागि परिषद्को बैठक बोलाइएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए। बुधबार बस्ने परिषद्को बैठकले विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशलाई काज सरुवा गर्ने एजेण्डा रहेको बताइएको छ।

विशेष अदालतमा गत साउन महिनादेखि अध्यक्षसहित ४ न्यायाधीशको पद रिक्त छ। विशेष अदालतमा उच्च अदालतका न्यायाधीशलाई काज सरुवा गर्ने कानुनी व्यवस्था छ।

प्रकाशित: Feb 23, 2022| 10:07 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...