बुधबार, असार १०, २०८३

भरतपुरको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न

एक करोड ५० लाखको लागतमा निर्माण गरिएको सो योजनाको मंगलबार उद्घाटन गरिएको छ। भरतपुर महानगरपालिका-२९ ढोडेनीमा निर्माण गरिएको सो योजनाको महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरेका थिए।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

चितवन- खानेपानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न भएको छ। योजना सम्पन्न भएसँगै घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

National life

एक करोड ५० लाखको लागतमा निर्माण गरिएको सो योजनाको मंगलबार उद्घाटन गरिएको छ। भरतपुर महानगरपालिका-२९ ढोडेनीमा निर्माण गरिएको सो योजनाको महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरेका थिए। संघीय सरकारको एक करोड, भरतपुर महानगरको ३५ लाखको लागतमा जनसहभागितामा निर्माण गरिएको सो योजनाबाट ८३ परिवार लाभान्वित भएका छन्। सोही वडामा चौकीडाँडा खानेपानी योजनासमेत निर्माणको अन्तिम चरणमा छ।

महानगर प्रमुख दाहालले वडा नं २९ को खानेपानी समस्या अब सधैँका अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो। उनले ढोडेनी र चौकीडाँडा खानेपानी योजनाबाट वडावासी लाभान्वित भएको बताए। उपप्रमुख शाहले जनप्रतिनिधि आएसँगै खानेपानीलाई प्रमुख प्रथामिकतामा राख्दै काम गरिएको बताए।

यसअघि त्यहाँका स्थानीयवासी ५०० मिटर तलको खोलामा पानी लिन जान बाध्य थिए। गाउँमा बारीमा तरकारी लगाउन पनि सम्भव थिएन। अहिले ५०० मिटर तल खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्याङ्कीमा तानेर घरघरमा वितरण गरिएको छ। भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानाले बिहानभरि लगाएर खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको बताए। उनले भने, ‘पानी अभावमा बारीमा तरकारी लागाउन समस्या भएको थियो, अब त्यो हट्ने भयो।’  रासस


प्रकाशित: Feb 23, 2022| 09:45 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।